सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो । यसअनुसार चाँदीको मूल्य एक दिनमा प्रतितोला ६५ रुपैयाँले घटेको हो ।
