मोदीले गरे प्रधानमन्त्री बालेनलाई फोन, बाढीपीडितका लागि सहयोग गर्ने

विज्ञापन
ncell

मोदीले नेपाललाई आवश्यक पर्ने मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता समेत जनाएका छन् ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरी रसुवालगायतका क्षेत्रमा बाढीबाट भएको क्षतिबारे जानकारी लिएका छन् ।

टेलिफोन संवादका क्रममा मोदीले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली नागरिकप्रति समवेदना प्रकट गरेका छन्। उनले विपद्को यस कठिन समयमा भारत सरकार र भारतीय जनता नेपालका नागरिकसँग ऐक्यबद्ध रहेको बताएका छन् ।

मोदीले नेपाललाई आवश्यक पर्ने मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता समेत जनाएका छन् । उद्धार, राहत तथा आवश्यक सहयोगका विषयमा भारतीय अधिकारीहरूले नेपाली सरकारी निकायसँग समन्वय गरिरहेको जानकारी उनले प्रधानमन्त्री शाहलाई गराएका छन् ।

बाढीबाट रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि नेपालमा उद्धार तथा राहत कार्य जारी रहेका बेला मोदीले प्रधानमन्त्री शाहसँग टेलिफोन संवाद गरेका हुन् ।