राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छौँः गगन थापा
हाल बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पुर्याउन सबै पक्ष जुट्नुपर्ने उनको भनाई छ । बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले राजनितिक दलका कार्यकर्तालाई परिचालन गर्न तयार रहेको बताए ।
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनितिक दल सरकारसँगै रहेको बताएका छन् । बिहीबार बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विपत्तिको समयमा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताएका हुन् । उनले विपतको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ-संस्थालाई समेत परिचालन गर्नुपर्ने बताए ।
हाल बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पुर्याउन सबै पक्ष जुट्नुपर्ने उनको भनाई छ । बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले राजनितिक दलका कार्यकर्तालाई परिचालन गर्न तयार रहेको बताए । उनले सबै राजनितिक दलहरुलाई सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा सहभागी हुन आग्रह गरे ।
उनले सरकारले गरेको आग्रहअनुसार नेपाली काँग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने जानकारी दिए । विपत्तिमा सरकारसँग उपलब्ध स्रोत साधनबाट मात्रै उद्धार तथा राहतमा सम्भव नहुने उनको भनाई छ । उनले सबै सहयोगीहरुलाई राज्यले तोकेअनुसार एकद्वार प्रणालीमार्फत आवश्यक सहयोग गर्न पनि आग्रह गरे। उनले काँग्रेसले पनि बाढी प्रभावित क्षेत्रमा उद्दार, राहत तथा पुनस्थापनको लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिए ।
