आइएमई लाइफ इन्स्योरेन्सको १ करोड सहयोग

विज्ञापन
ncell

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् घटनाप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ ।

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् घटनाप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ ।

भीषण बाढी र डुबानका कारण सयौँ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौं बेपत्ता भएको तथा बस्ती र पूर्वाधारहरू नष्ट भई सयौं परिवार विस्थापित हुनुपरेको कठिन परिस्थितिमा कम्पनीले प्रभावित नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ । हालको विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने १ करोड आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनःस्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।