आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदी स्थिर छ । आज सुनको मूल्य तोलामा २ हजार ४ सय रूपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला तीन लाख २० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै,शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
