बाढी पीडितका लागि सूर्य नेपालद्वारा १५ करोड सहयोग
भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित पीडितका लागि सूर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई १५ करोड रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौं । रसुवा बाढी पीडितका लागि सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित पीडितका लागि सूर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई १५ करोड रुपैयाँ सहयोग गरेको हो । सूर्य नेपालले शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
