बाढी प्रभावितलाई अमेरिकाको ३६ लाख डलर सहयोग घोषणा, १० हजार परिवारलाई खाद्यान्न
अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै यस विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको बताएको हो ।
काठमाडौं । नेपालका बाढी प्रभावितहरूका लागि अमेरिकाले ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै यस विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको बताएको हो ।
मन्त्रालयले घोषणा गरेको उक्त सहायताअन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइने उल्लेख गर्रिको छ ।
यसैगरी, मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गरेको छ ।