यूएईद्वारा ८० टन राहत सामग्री र १ करोड अमेरिकी डलर सहयोग
उक्त सहयोग सरकारका तर्फबाट मन्त्री महावीर पुनले शनिबार राति साढे ११ बजे बुझेका थिए । पुनले सोमबार अर्को हवाईजहाजमा अरु सामाग्रीहरु आउने जानकारीसमेत दिए ।
काठमाडौं । रसुवा बाढीबाट प्रभावितको सहयोगका लागि संयुक्त अरब इमिरेट्स ९यूएई०ले ८० टन राहत सामग्री पठाएको छ । यूएईबाट जहाजमा उक्त परिमाणको सहयोग नेपालमा आएको हो ।
उक्त सहयोग सरकारका तर्फबाट मन्त्री महावीर पुनले शनिबार राति साढे ११ बजे बुझेका थिए । पुनले सोमबार अर्को हवाईजहाजमा अरु सामाग्रीहरु आउने जानकारीसमेत दिए ।
यूएईका राष्ट्रपति शेख महोमद बिन जायद अल नायनले नेपाललाई यसअगाडि १ करोड अमेरिकी डलर सहयोग गर्ने बताएका थिए । भदौ १० को रसुवा स्थित भोटेकोशी नदीको भीषण बाढीपछि रसुवा, नुवाकोट लगायतका जिल्ला प्रभावित भएका छन् ।