उद्धार, राहत र पुनःस्थापनाका लागि नाइमाले ५० लाख सहयोग गर्ने
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमा ले बाढी पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले बाढी पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नाइमाले आइतबार एक विज्ञप्ति जारी गर्दै ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । उक्त सहयोग गर्ने बाचा गर्दै नाइमाले खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघ-संस्थाप्रति उच्च सम्मान व्यक्त गर्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ ।
