बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

विज्ञापन
ncell

अर्घाखाँची सिमेन्टले बाढी प्रभावितहरूको राहतका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौं । अर्घाखाँची सिमेन्टले बाढी प्रभावितहरूको राहतका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उक्त जिल्लाका साथै नुवाकोट धादिङ लगायका जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

पीडितहरूको राहतका लागि अर्घाखाँची समिन्ट उद्योगले आइतबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्ट लिमिटेडका अध्यक्ष पशुपति मुरारकाले अर्थमन्त्री वाग्लेलाई सहयोग राशिको चेक हस्तान्तरण गरे । त्यसक्रममा सञ्चालकहरु राजेश अग्रवाल र मनोज केडिया लगायतको उपस्थिति रहेको थियो ।