कांग्रेसले रसुवा बाढी प्रभावितलाई एक करोड सहयोग गर्ने

विज्ञापन
ncell

नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितलाई एक करोड सहयोग गर्ने घोषणा गरेको छ । आज बसेको पार्टी बैठकले पार्टीका नेता कार्यकर्ताबाट जम्मा भएकोसहित पार्टीको तर्फबाट एकमुष्ट १ करोड प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

काठमाडौं । नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितलाई एक करोड सहयोग गर्ने घोषणा गरेको छ । आज बसेको पार्टी बैठकले पार्टीका नेता कार्यकर्ताबाट जम्मा भएकोसहित पार्टीको तर्फबाट एकमुष्ट १ करोड प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय भएको हो । 

प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीका तहगत कार्य समिति, जनसम्पर्क समिति, भातृ सङ्घ एवं सुभेक्छुक संस्था र पार्टीका सदस्यहरूले पार्टीको विपद् कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरेको समेत गिएको छ ।

विपद्बाट प्रभावित जिल्लाका पार्टी नेतृत्व एवं सदस्य साथीहरू, जिल्ला सम्पर्क समितिहरू, भ्रातृ सङ्घ शुभेच्छुक संस्थाहरूलाई हराइरहेका नागरिकलाई खोजी गर्न, प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, राहत उपलब्ध गराउन, स्थानीय तह र विपद् व्यवस्थापन संयन्त्रसँग समेत समन्वय र सहकार्य गरी व्यवस्थित ढङ्गले प्रभावकारी रूपमा परिचालित हुन पुनः आग्रह गरेको छ ।

साथै विपद्को प्रभावित क्षेत्रभन्दा बाहिरका जिल्लाका बाढीमा परेकाका परिवारलाई सहयोग र परामर्श उपलब्ध गराउन जिल्ला र स्थानीय तहका नेतृत्व एवं जनप्रतिनिधिलाई आग्रह गरेको चालिसेले बताए ।

केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँ नगरपालिकाको वडागत रूपमा सम्पर्क गरी प्रभावित परिवारको विवरण तयार गर्न, समस्या र आवश्यकता पहिचान गरी पार्टीले गर्नुपर्ने समन्वय, सहजीकरण र सहयोगबारे सिफारिस गर्न समेत बैठकले निर्देशन दिएको छ ।