तरलता व्यवस्थापन गर्न ३ महिनाका लागि २० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

विज्ञापन
ncell

सोमबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ । राष्ट्र बैंकले साँवा तथा ब्याज मंसिर ९ गते भुक्तानी गर्नेछ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज (आइतबार) २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३ महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो ।

सोमबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ । राष्ट्र बैंकले साँवा तथा ब्याज मंसिर ९ गते भुक्तानी गर्नेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ । बहु(ब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था छ । घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ । सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।