सरकारको सक्रियता सामाजिक सञ्जालमा र आकाशमा मात्रै, भूगोलमा देखिएन: निश्कल राई

विज्ञापन
ncell

काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । 

सोमबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारको सक्रियता समाजिक सञ्जालमा देखिएको जस्तो भुगोलमा नरहेको बताएका हुन् । विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य प्रभावकारी रुपमा हुन नसकेको उनले बताए ।

राहत सामग्री एक ठाउँमा थुप्रिएको तर वास्तविक पीडितले प्राप्त गर्न नसकेको अवस्था देखिएको उनको भनाई छ । सरकारले राहत वितरणमा स्थानीय तहसँग पर्याप्त समन्वय गर्न नसकेको पनि आरोप लगाए । स्थानीय तहसँग प्रभावित नागरिकको वास्तविक अवस्था, तथ्यांक र आवश्यकताबारे जानकारी हुने भएपनि सरकारले उनीहरूसँग प्रभावकारी समन्वय गर्न नसकेको उनको भनाई छ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा देखिएको अवस्था र स्थलगत वास्तविकताबीच फरक रहेको दाबी गरे ।

उनले विपद् व्यवस्थापनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । विपद् व्यवस्थापनका लागि सरकारले प्रभावित क्षेत्रको यकिन तथ्यांक तत्काल संकलन गर्नुपर्ने उनको भनाई छ । विपद् आउनुअघिको कुल जनसंख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा पुगेका व्यक्ति, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको तथ्यांक यकिन गर्न उनले सुझाव दिए । त्यस्ता तथ्यांक स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक प्रतिनिधिसँग उपलब्ध हुने भएकाले सबै निकायलाई सक्रिय बनाएर संयुक्त रूपमा व्यवस्थापन अघि बढाउनुपर्ने उनको भनाई छ । सचेतक राईले शव व्यवस्थापनलाई समेत सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

विपद्का कारण मृत्यु भएकाहरूको शव सुरक्षित रूपमा राख्ने तथा व्यवस्थापन गर्ने विषयमा आवश्यक उपकरण र पूर्वाधारको अभाव रहेको भएपनि विज्ञसँग परामर्श गरेर उपयुक्त विधि अपनाउन सरकारलाई उनले आग्रह गरे । उनले विपद्को बेलामा सबै एकजुट भएर सरकारलाई सहयोग गर्न दलहरुलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको बताए । काँग्रेसले सबै काँग्रेसले आफ्ना सांसदहरुलाई अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा भीडभाड गर्न नजान पनि निर्देशन दिएको छ । कतिपय सांसदहरु फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नकै लागि बाढी प्रभावित क्षेत्रमा जाने गरेको सचेतक राईले बताए ।उनले विपद् व्यवस्थापनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

विपद् व्यवस्थापनका लागि सरकारले प्रभावित क्षेत्रको यकिन तथ्यांक तत्काल संकलन गर्नुपर्ने उनको भनाई छ ।

विपद् आउनुअघिको कुल जनसंख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा पुगेका व्यक्ति, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको तथ्यांक यकिन गर्न उनले सुझाव दिए । त्यस्ता तथ्यांक स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक प्रतिनिधिसँग उपलब्ध हुने भएकाले सबै निकायलाई सक्रिय बनाएर संयुक्त रूपमा व्यवस्थापन अघि बढाउनुपर्ने उनको भनाई छ । सचेतक राईले शव व्यवस्थापनलाई समेत सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

विपद्का कारण मृत्यु भएकाहरूको शव सुरक्षित रूपमा राख्ने तथा व्यवस्थापन गर्ने विषयमा आवश्यक उपकरण र पूर्वाधारको अभाव रहेको भएपनि विज्ञसँग परामर्श गरेर उपयुक्त विधि अपनाउन सरकारलाई उनले आग्रह गरे । उनले विपद्को बेलामा सबै एकजुट भएर सरकारलाई सहयोग गर्न दलहरुलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको बताए । काँग्रेसले सबै काँग्रेसले आफ्ना सांसदहरुलाई अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा भीडभाड गर्न नजान पनि निर्देशन दिएको छ । कतिपय सांसदहरु फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नकै लागि बाढी प्रभावित क्षेत्रमा जाने गरेको सचेतक राईले बताए ।