ऊर्जामन्त्री श्रेष्ठ पुगे बाढी प्रभावित त्रिशुली बजार, गृहमन्त्रीसँगै छलफलमा जुटे

विज्ञापन
ncell

मन्त्री श्रेष्ठले आजै हेलिकप्टरमार्फत रसुवास्थित विभिन्न जलविद्युत् आयोजनाको उद्धार स्थलको निरीक्षण गर्नुका साथै बाढीबाट प्रभावित परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र उद्धार कार्यको अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुदन गुरुङसँगै छलफल थालेका छन् ।

गृहमन्त्री गुरुङ सैन्य तालिम केन्द्रमै बसेर उद्धारका लागि समन्वय गरिरहेका छन् । यस अवसरमा जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरुको उद्धारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरणबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए । मन्त्री श्रेष्ठले आजै हेलिकप्टरमार्फत रसुवास्थित विभिन्न जलविद्युत् आयोजनाको उद्धार स्थलको निरीक्षण गर्नुका साथै बाढीबाट प्रभावित परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।