सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँले सस्तियो

विज्ञापन
ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर ३ लाख ६ हजार १ सयमा कारोबार भइरहेको छ ।

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर ३ लाख ६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ४ हनार ७६५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ७८० मा कारोबार भएको थियो ।