भोटेकोशी बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङको २५ लाख रुपैयाँ सहयोग

विज्ञापन
ncell

कम्पनीका अध्यक्ष सुहृद घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका अध्यक्ष सुहृद घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । पीडित नागरिकको दुःखमा साथ दिन तथा सरकारको राहत र उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जनाएको छ ।

चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिहरूले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कम्पनीले प्राकृतिक विपद्का बेला प्रभावित परिवारको दुःखमा साथ दिनु र राहत तथा उद्धार कार्यमा योगदान गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको उल्लेख गरेको छ ।