नबिल बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

विज्ञापन
ncell

बैंकले नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

काठमाडौं । नबिल बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ५.५ प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो । 

 बैंकले नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धमा बैंक र क्यापिटलबीच सम्झौता भएको छ । 

यससम्बन्धी सम्झौतामा मंगलबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन् । 

बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिका वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिने बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ । १६ लाख कित्ता ऋणपत्रमध्ये ५५ अर्थात ६५,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइने छ । ऋणपत्रबाट उठेको रकम बैंकको दीर्घकालीन स्रोत व्यवस्थापनमा प्रयोग हुनेछ ।