बाढीपछि नागरिकको उद्धार र व्यवस्थपानमा सरकार चुकेकै होः बासना थापा

विज्ञापन
ncell

सरकारले टनेलभित्रको मानिस उद्धार गरेको भनेर गलत प्रचार गरेको पनि उनले आरोप लगाइन् । टनेल बाहिर भएका साइड-साइडका मान्छेहरू उद्धार गरेपनि टनेलभित्रका मानिसको उद्धार हुन नसकेको उनले बताइन् ।

काठमाडौं । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताएकी छन् । बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरेपनि त्यसपछि भने योजनासहित अघि बढ्न नसकेको बताएकी हुन् । उनले विपद्पछिको उद्धारमा राज्यले मित्रराष्ट्रहरुसंगको सहयोग समयमा नै लिन नसक्दा थप समस्या भएको बताइन् ।

जलविद्युत आयोजनाको टनेलभित्र मानिस अझै उद्धार गर्न नसकिएको उनको भनाई छ । टनेल निर्माणका क्रममा तयार भएका नक्शा र प्राविधिक विवरण सम्बन्धित निकायसँग भएपनि उद्धार टोली कतिपय टनेलको वरिपरिसम्म पुग्न नसकेको उनले बताइन् । सरकारले टनेलभित्रको मानिस उद्धार गरेको भनेर गलत प्रचार गरेको पनि उनले आरोप लगाइन् । टनेल बाहिर भएका साइड-साइडका मान्छेहरू उद्धार गरेपनि टनेलभित्रका मानिसको उद्धार हुन नसकेको उनले बताइन् ।

त्रिशूली-३ ए आयोजनाको टनेलभित्र अझै मानिस जीवित मानिस हुनसक्ने भन्दै उनले उद्धारको प्रयास जारी राख्नुपर्ने बताइन् । उनले विपद्का बेला विदेशी सहयोग लिन गाह्रो मान्न नहुनेमा पनि जोड दिइन् । सरकारले नागरिकको उद्धारका लागि स्थानीय तह र प्रदेश सरकारसंग प्रभावकारी समन्वय गर्न नसकेको पनि आरोप लगाइन् । उनले सरकारले स्थानिय तहलाई तुईन व्यवस्थापन तथा आवश्यक उद्धार गर्न पनि नदिएको आरोप लगाइन् ।

उनले राहत पर्याप्त भएपनि वितरणमा समस्या देखिएको बताइन् । कतिपय स्थानमा पूर्वाधार अभावको कारण नै राहत पुग्न नसकेको उनको भनाई छ । उनले प्रभावित क्षेत्रमा विद्युत तत्काल शुचारु गर्न आवश्यक रहेको पनि बताइन् ।