संसद बैठकमै ढले सांसद भरत खड्का, उपचारका लागि अस्पताल लगियो
डोटीबाट निर्वाचित सांसद खड्कालाई बैठकको बीचमै उच्च रक्तचापका कारण चक्कर लागेपछि उनी ढलेका हुन् ।
काठमाडौं । प्रतिनिधि सभा जारी रहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खडका ढलेका छन् । डोटीबाट निर्वाचित सांसद खड्कालाई बैठकको बीचमै उच्च रक्तचापका कारण चक्कर लागेपछि उनी ढलेका हुन् । खड्का ढलेलगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले सदनको कारबाही केही बेरका लागि स्थगित गरेका थिए। उनलाई तत्काल संसद भवनबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
