भोटेकोशी बाढीपीडितका लागि सिटिजन्स बैंकले दियो २ करोड २२ लाख सहयोग
अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहकाबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले बाढी प्रभावितहरूको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त आर्थिक सहयोग जम्मा गरेको जनाएको छ । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थलाभका लागि कामना समेत गरेको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहकाबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो समारोहमा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति रहेको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदानगर्दै आएको छ ।
