अर्थमन्त्री वाग्लेद्वारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

विज्ञापन
ncell

छलफलमा पूँजी बजारको वर्तमान अवस्था, यसको विकासका लागि आवश्यक सुधार तथा कानुनी व्यवस्थामा गर्नुपर्ने परिमार्जनका विषयमा छलफल भएको थियो ।

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले पूँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा काम अघि बढाउन निर्देशन दिएका हुन् । 

छलफलमा पूँजी बजारको वर्तमान अवस्था, यसको विकासका लागि आवश्यक सुधार तथा कानुनी व्यवस्थामा गर्नुपर्ने परिमार्जनका विषयमा छलफल भएको थियो । अर्थमन्त्री वाग्लेले आवश्यक कानुनी सुधारका उपायसहित प्रस्ताव पेस गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा।गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए ।