कान्ति राजमार्गको टाकुर्चेमा पहिरोका कारण सडक क्षतिग्रस्त, मर्मत तथा विस्तार कार्य जारी
कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ ।
काठमाडौं । कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ ।
यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (र्याम्प) मा पुनः पहिरो सरेपछि सडक निकै साँघुरो बनेको छ । सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो पुनर्निर्माण गर्ने कार्य भइरहेको छ ।
अवरुद्ध तथा असहज बनेको उक्त खण्डमा सडक विस्तार गरी यातायात सेवालाई पूर्ण रूपमा सुचारु गराउन हाल प्राविधिक जनशक्ति र मेसिनरी प्रयोग गरी काम भइरहेको छ । सडकलाई सुरक्षित र फराकिलो बनाएर जतिसक्दो चाँडो सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
