प्रधानमन्त्री राहत कोषमा अग्रवाल सेवा केन्द्रको ४१ लाख सहयोग
साथै ‘युवा मञ्च’ द्वारा वितरण गरिने १० लाख रुपैयाँको थप राहत सामग्री पनि केन्द्रले सहयोग गर्ने जनाएको छ ।
काठमाडौं । ‘अग्रवाल सेवा केन्द्र’ ले प्रधानमन्त्री विपद् राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ ।
केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो बारबरको चेक हस्तान्तरण गरेका हुन् । साथै ‘युवा मञ्च’ द्वारा वितरण गरिने १० लाख रुपैयाँको थप राहत सामग्री पनि केन्द्रले सहयोग गर्ने जनाएको छ ।
भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनामा सहयोग गर्न सेवा केन्द्रले यो सहयोग गरेको हो ।
