कुलेखानीमा पानीको सतह १ हजार ५२६ मिटर पुग्यो, १ हजार ५२७ मिटर पुगे साइरन बज्ने

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पानीको सतह अझै बढ्न सक्ने भन्दै ड्याम आसपासका बासिन्दा तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मकवानपुर । लगातार भइरहेको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढेर १ हजार ५२६ मिटर पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पानीको सतह अझै बढ्न सक्ने भन्दै ड्याम आसपासका बासिन्दा तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जलाशयको पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चरणको चेतावनीस्वरूप साइरन बजाइने जलविद्युत् केन्द्रले जनाएको छ ।

पानीको सतह निरन्तर बढिरहेको अवस्थामा ड्याम आसपास तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन र सूचनालाई अन्य व्यक्तिसम्म पुर्‍याई सम्भावित जोखिमबाट सुरक्षित रहन सहयोग गर्न केन्द्रले अनुरोध गरेको छ ।