तीन कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन, कुनको कति ?

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनश सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको सेयर मूल्य ४०४.६२ रुपैयाँ कायम भएको छ । नेप्सेले बैंकको हिजो अन्तिम कारोबार मूल्य ४२८.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनश सेयरपछि २५६.१९ रुपैयाँ सेयर मूल्य कायम गरिएको छ । हिजो कम्पनीको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

त्यस्तै, सर्वोत्तम पेन्ट्सको १० प्रतिशत बोनश सेयरपछि सेयर मूल्य १२१३.६४ रुपैयाँ कायम गरिएको छ । हिजो कम्पनीको नेप्सेमा अन्तिम कारोबार मूल्य १३३५ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो । यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।