चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

काठमाडौँ । आज चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले आगामी सोमबार अर्थात असोज १९ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

चारमध्ये कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले बोनस सेयरसँगै नगद लाभांश प्रस्ताव गरेका छन् । विकास हाइड्रोपावरले पनि बोनस सेयर र नगद लाभांश दिने प्रस्ताव गरेको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।