गगनको विश्लेषण-मुलुक बाहिरबाट देखिएजस्तो शान्त छैन, जुनसुकै बेला आगो बल्नसक्छ

मुलुकमा दुई तिहाईको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिएपनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण पार्टीको रहेको बताए ।

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् । सोमबार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।

मुलुकमा दुई तिहाईको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिएपनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण पार्टीको रहेको बताए । उनले भर्खरै सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको सम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जनुसुकै बेला आगो दन्किन सक्ने चेतावनी दिए ।

उनले नेपाली समाजमा विद्यमान असन्तोष सम्बोधनतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने समेत बताए । उनले अहिले पनि रोजगारीको अवसरका लागि मुलुकबाट बाहिरिने नागरिक घट्न नसकेकोप्रति चिन्ता समेत व्यक्त गरे । उनले नेपालका बैंकहरुमा अहिलेको जस्तो पैसा कहिल्यै नथुप्रिएको भन्दै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।