पार्टीलाई गतिशील बनाउन युवा नेतृत्व आवश्यक छ: विद्वान गुरुङ

नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्पका साथ आफूले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्पका साथ आफूले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएको बताएका हुन् । नेता गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउन तरुण पुस्ताको भुमिका महत्वपूर्ण हुने बताए ।

नेता गुरुङले १५ औं महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै उनले बदलिँदो राजनीतिक परिवेशमा काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न र देशव्यापी रूपमा संगठनलाई सबल बनाउन सक्षम नेतृत्व आवश्यक रहेको जिकिर गरे ।

गुरुङले पार्टीका सबै तह र तप्कामा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिए । गुरुङले आफू खुलातर्फ केन्द्रिय सदस्यको उम्मेदवार बनेको बताए । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्न र योग्य व्यक्तिहरूलाई मूल प्रवाहमा ल्याउन तरुण दलले निर्णायक भुमिका खेल्ने विश्वास व्यक्त गरे ।