सेयर बजार ६.३८ अंकले घट्यो, कारोबार रकम भने बढ्यो
आज ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । बुधबार सेयर बजार घटेर बन्द भएको छ । हिजो बढेर बन्द भएको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने ६.३८ अंक घटेर २५७२.३४ विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ । नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
घलेम्दी हाइड्रोको सेयरमूल्यआज सर्वाधिक ६.२५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन एआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य आज सर्वाधिक ५.२६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको २९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत घटेको छ ।
बुधबार कारोबारमा आएका मध्य १०० कम्पनीको मूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।