पर्यटन बोर्डको बजेट १ अर्ब ७० करोड, प्रवर्द्धनमा ६६ प्रतिशत छुट्याइयो
बोर्डले गत वर्षको १ अर्ब ६० करोड रुपैयाँ बजेटमध्ये ८९ करोड ४७ लाख रुपैयाँ अर्थात् करिब ५६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बोर्डले पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै कुल बजेटको ६६ प्रतिशत हिस्सा प्रवर्द्धन तथा कार्यक्रमका लागि विनियोजन गरेको हो ।
बोर्डको यो बजेट गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा २० करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षमा बोर्डले १ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको थियो ।
यद्यपि, गत आर्थिक वर्षमा विनियोजित बजेटको आधाभन्दा केही बढी मात्रै खर्च हुने अनुमान गरिएको छ । बोर्डले गत वर्षको १ अर्ब ६० करोड रुपैयाँ बजेटमध्ये ८९ करोड ४७ लाख रुपैयाँ अर्थात् करिब ५६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ ।
गत वर्षको खर्चको अवस्थालाई समेत आधार बनाएर बोर्डले चालु आर्थिक वर्षको बजेट तयार पारेको हो । चालु आवको बजेटमा पर्यटन क्षेत्रको प्रवर्द्धन, प्रचारप्रसार तथा विभिन्न कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ ।