सांग्रिला डेभलपमेन्ट बैंकले पारित गर्‍यो १०.५२ प्रतिशत लाभांश

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा नगद लाभांश (करसहित) वितरण गरिनेछ । त्यस्तै, १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर सेयरधनीलाई प्रदान गरिनेछ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।

साधारण सभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ । संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा सञ्चालकमा चयन भएका छन् । त्यसैगरी, सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल चयन भएका छन् । साधारण सभा सम्पन्न भएलगत्तै बसेको सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी सञ्चालक समितिका प्रस्तावसमेत अनुमोदन गरेको छ ।

बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशीका अनुसार ग्राहक तथा सर्वसाधारणको विश्वास र भरोसाका आधारमा बैंकले देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा वित्तीय सेवाको गुणस्तर सुधार र सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।