सुन-चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला २५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ४ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ ।