राजनीतिक दबाबमा नपरी कानूनअनुसार काम गर्न प्रहरी अधिकृतलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्रीले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पनि उनले स्पष्ट पारे ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम ९१८४ औं समूह० पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनैपनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिएका छन् ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी र अनुशासन नै मुख्य आधार भएको बताएका हुन् ।
करिव १६ महिना लामो कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री साहले पेशागत मर्यादा र नैतिकतामा जोड दिए । प्रधानमन्त्रीले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पनि उनले स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले प्रहरी अधिकारीहरूलाई सङ्गठनको प्रोटोकल विपरितका व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न सचेत गराए । नागरिकको जिउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनैपनि प्रकारको सम्झौता नगर्न उनको आग्रह छ ।
कार्यक्रममा प्रशिक्षार्थीहरूका अभिभावक र प्रहरी नेतृत्वको उपस्थिति रहेको थियो । तालिम पूरा गरेका अधिकृतहरूले अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन् ।