बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज तोकेको छ भने साधारणसभा कात्तिक २० गते हुनेगरी तोकेको छ ।

काठमाडौं । बरुण हाइड्रोपावरले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज तोकेको छ भने साधारणसभा कात्तिक २० गते हुनेगरी तोकेको छ । 

हाइड्रोपावरको चुक्ता पुँजी हाल १ अर्ब १२ करोड २५ लाख ३२ हजार रुपैयाँ छ । विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।