बेनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १ करोड ४ लाख कित्ता सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको २० लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता सेयर गरी कुल १ करोड ४ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

अब कम्पनीको सेयर भोली, बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । कम्पनीको सेयर टिकरमा कारोबार हुनेछ ।