नेप्से २१.३२ अंकले बढ्यो, बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौँ । बुधबार पनि सेयर बजार बढेर बन्द भएको छ । पछिल्लो ४ कारोबार दिन देखि बढिरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज २१.३२ अंक बढेर २६२१.२६ विन्दुमा पुगको हो । त्यस्तै,आज सेन्सेटिभ इण्डेक्स ४.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक बढेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

१०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य आज सर्वाधिक १३.२१ प्रतिशत बढेको छ । त्यस्तै,७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ६.३२ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । आज सो बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै घलेम्दी हाइड्रोको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १।४५ प्रतिशत बढको छ । त्यस्तै, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधबार कारोबारमा आएका मध्य १८८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको मूल्य घटेको छ त्यस्तै ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।