आरविवि मर्चेन्ट बैंकिङको वार्षिक साधारणसभा सम्पन्न, चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय सिंहदरबार स्थित सभाहलमा संचालित साधारणसभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो एघारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय सिंहदरबार स्थित सभाहलमा संचालित साधारणसभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

छलफलपछि सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् चार करोड रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०८३/८४ को बाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गर्नुका साथै कम्पनीका नवनियुक्त संचालकहरूको नियुक्ति अनुमोदन गरेको छ ।