काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना, ९ जना घाइते
काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।
शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ स्थित ट्रायल सेन्टर अगाडि बाप्र ०३-००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा गाडी ब्याक गर्दा दुर्घटना भएको थियो ।
घटनाबारे थप विवरण भने आउन बाँकी छ ।