सिटिजन्स बैंकले दियो १८ वर्षसम्म निरन्तर लाभांस, अनुभवी र व्यवसायिक व्यवस्थापनको कमाल

को-को हुन् बैंक हाँक्नेहरु

सिटिजन्सको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत छ । सिटिजन्सकाअनुसार पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत छ ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल सञ्चालनमा आएको २० वर्षमध्ये १८ वर्ष निरन्तर सेयरधनीहरुलाई लाभांस दिन सफल भएको छ । सर्वसाधारणलाई सेयर विक्री गरेको वर्षबाटै सेयरधनीहरुलाई लाभांस दिन थालेको सिटिजन्सले लगातार १८ वर्षसम्म लगानीकर्तालाई खाली हात फर्काएको छैन । सिटिजन्सको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत छ । सिटिजन्सकाअनुसार पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत छ ।

यस्तो छ सिटिजन्सको लाभांस इतिहास

बैंकले १८ वर्ष लाभांस दिँदा ६ पटक नगद लाभांश मात्र दिँदा अरु वर्ष भने बोनस सेयर र नगद लाभांश दिएको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ३.८ प्रतिशत बोनस सेयर र ०.२ प्रतिशत नगद (कर प्रयोजन) गरि ४ प्रतिशत लाभांश दिएको छ । सिटिजन्सको वार्षिक प्रतिवेदनअनुसार लाभांस दिन थालेदेखीको सबैभन्दा कम लाभांस नै गत वर्षको आम्दानीबाट दिइएको लाभांस हो । बैंकले आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा धेरै २१.०५ प्रतिशत (बोनस सेयर २० र कर प्रयोजनका लागि नगद लाभांस १.०५ प्रतिशत) लाभांश दिएको थियो ।

बैंकको सञ्चालक समिति र व्यवस्थापन समूहमा कुशल र व्यवसायिक व्यक्तिहरुको संलग्नता भएका कारण निरन्तर लाभांस सम्भव भएको हो । व्यवस्थापन समूह राम्रो हुँदा बैंकको वित्तीय स्थिती मजबुत रहँदै आएको छ ।

५६ करोड रुपैयाँ चुक्ता पुँजी राखेर २०६४ बैशाख ७ गतेबाट औपचारिक वित्तीय कारोबार सुरु गरेको सिटिजन्सको २०८३ असारमा आईपुग्दा १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६ सय १४ रुपैयाँ पुगेको छ । यसबीचमा बैंकलाई सयानुकुल र मुलुकको आवश्यकतालाईआत्मसात गर्दै र केन्द्रीय बैंकको मर्जर नीतिलाई सघाउन सिटिजन्सले नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक (मिसन डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंक) र सिर्जना फाइनान्स गरि सात वटा वित्तीय संस्थालाई आफूमा समाहित गरेको छ । यसले बैंकको पुँजी थप बलियो हुनुका साथै विविधिकृत सेवासँगै कार्यक्षेत्र पनि विस्तार भएको छ । जसका कारण ६१ जिल्लामा विस्तारित भएको बैंकले २०० वटा शाखा तथा ३ वटा एक्सटेन्सन काउन्टर मार्फत विविध बैकिङ सेवाहरु प्रभावकारी रुपमा प्रवाह गर्दै आएको छ । सिटिजन्सका सिटिजन्स क्यापिटल र सिटिजन्स शेयर ब्रोकर कम्पनी गर दुई वटा सहायक कम्पनी पनि सञ्चालनमा छन् ।  

यस्ता छन् सिटिजन्सका सञ्चालक समितिका पूर्वअध्यक्षहरु 

बैंक स्थापनाकालमा डा. शंकर शर्मा सञ्चालक समितिका अध्यक्ष थिए । शर्मा बैंकमा आउनुअघि नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भईसकेका थिए । त्यसो त शर्मा पछि नेपालका लागि अमेरिका र भारतको राजदुतसमेत बने । संस्थापक अध्यक्षका रुपमा सुरुमा एक कार्यकाल विताएका शर्माले २०७२ मा फेरी एक कार्यकाल सिटिजन्को अध्यक्ष बने । यसबीचमा सिटिजन्सको सञ्चालक समिति अध्यक्षमा कुलचन्द्र गौतम (डेढ वर्ष) र प्रदीपजंग पाण्डे (साढे तीन वर्ष) आए । गौतम संयुक्त राष्ट्र संघमा सहायक महासचिव र युनिसेफका उपकार्यकारी निर्देशकसम्म भएका थिए (हालसम्म राष्ट्र संघमा उच्च पदमा पुग्ने पहिलो नेपाली) । सुरुवात देखी नै सञ्चालक समितिमा रहेका प्रतिष्ठित उद्योगी पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत बनेका थिए ।

पाण्डेपछि करिव डेढ वर्ष सिटिजन्समा बालकृष्ण प्रसाई अध्यक्ष भए । प्रसाईं बैंकमा सुरुदेखी नै सञ्चालक समितिमा आवद्ध थिए । त्यसपछि बैंकको सञ्चालक हुँदै अध्यक्ष बने राजनसिंह भण्डारी । भण्डारी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास लिएर १२ वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ) भए । भण्डारीले एउटा अब्बल सीइओको भूमिका निर्वाह गर्दै बैंकलाई नयाँ उचाईमा पुर्‍याएनन् मात्रै सञ्चालक र अध्यक्ष हुँदै थप योगदान दिए । भण्डारीपछि बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे भित्रिए ।

बैंकका अध्यक्ष पाण्डे आँफैमा सफल युवा व्यवसायीका रुपमा परिचित छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका पाण्डेसँग औषधिमूलक उत्पादन (फर्मास्युटिकल्स) तथा सिमेन्ट उत्पादनको क्षेत्रमा २० वर्षभन्दा बढी समय काम गरेको अनुभव छ । आर्थिक वर्ष २०७६/७७ बाट बैंकको सञ्चालकमा भित्रिएका प्रबलजंग पाण्डे २०८० असोज २६ गतेदेखी सिटिजन्सको अध्यक्ष कायम छन् ।

बैंकको सञ्चालक समिति अध्यक्ष मात्र होइन सुरुवातदेखी नै व्यवसायिक र कुशल व्यक्तिहरु सञ्चालक समिति सदस्यमा रहँदै आएका छन् । श्रीमती ईला शर्मा (निर्वाचन आयोग नेपालकी पूर्व निर्वाचन आयुक्त, वरिष्ठ अधिवक्ता तथा पूर्व पत्रकार), सुदेश खालिङ्ग राई (लक्ष्मी बैंकका पूर्व सीइओ, हाल एभरेष्ट बैंकका सीइओ) जोडिएका थिए । राजेन्द्र प्रसाद कायस्थ, पवित्र कुमार कार्की, मनोहर दास मुल, अनिल राजभण्डारी, भोला विक्रम थापा, अविनाश पन्त, अर्जुनलाल राजवंशी, विजयध्वज कार्की, डा. चन्दा कार्की, चन्द्र टण्डन, अवनिन्द्र कुमार श्रेष्ठ, सीता कार्की (केसी), सजन शर्मालगातयले सिटिजन्सको सञ्चालक समितिमा रहेर बैंकलाई कुशल रुपमा अघि बढाउन भूमिका खेलेका छन् ।

लगातार दुई वर्ष प्रतिष्ठित अवार्ड ‘बैंक अफ दि इअर’

व्यवस्थापक (सीइओ) का रुपमा राजनसिंह भण्डारीले बसाएको जगमा थप ईंटा थप्ने काम गरे गणेशराज पोखरेलले । केही महिना कायममुकायम सीइओ हुँदै २०७५ चैत १८ गतेदेखी पोखरेलले सीइओको जिम्मेवारी सम्हालिरहेका छन् । स्थापनाकाल देखिनै बैंकसँग आबद्ध पोखरेल विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै २०६५ देखि दोस्रो बरियतामा रहेर काम गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक पोखरेल सिटिजन्स छिर्नुअघि व्यवस्थापनका विभिन्न क्षेत्रमा लामो समयदेखी काम गर्दै आएका थिए । पोखरेल केही समय पत्रकारितामा समेत सक्रिय थिए ।

पोखरेलकै कार्यकालमा बैंकलाई संयुक्त अधिराज्य (बेलायत) स्थित द फाइनान्सियल टाइम्सले नेपालको लागि ‘बैंक अफ दि इअर २०२४’ र ‘बैंक अफ दि इअर २०२५’ बाट लगातार दुई वर्ष सम्मानित गरेको छ । यो सम्मानले पनि बैंकको व्यवस्थापकीय कार्यकौशल र अनुभवी कार्यशैलीलाई पुष्टि गर्दछ । सिटिजन्सले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएकोे छ ।

वर्तमान सञ्चालक समिति

प्रबलजंग पाण्डे अध्यक्ष रहेको सिटिजन्सको सञ्चालक समितिमा एकदमै अनुभवी तथा व्यावसायिक व्यक्तिहरु सक्रिय छन् । सञ्चालक प्रकाशचन्द्र मैनाली सेवामुलक उद्योग तथा कुखुरा एवम् पंछीजन्य उद्योगमा लामो समयदेखि आवद्ध छन् । मैनालीसँग करिव ९ वर्ष संयुक्त लगानीको एक वाणिज्य बैंकमा काम गरेको अनुभव पनि छ ।

वर्तमान सञ्चालक समिति सदस्य डा. बिनोद आत्रेय पूर्व केन्द्रीय बैंकर हुन् । ३ दसकभन्दा बढी केन्द्रीय बैंकमा विताएका आत्रेय नेपालकै पहिलो बैंक बैंकको सीइओ भईसकेका व्यक्ति हुन् । अस्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटी अफ टेक्नोलोजीबाट पब्लिक म्यानेजमेन्ट रिफर्मममा विद्यावारिधी गरेका आत्रेय युएनडिपी र यूएनसीडीएफका विभिन्न परियोजनाहरुमा काम गरेका थिए ।

क्रमअनुसार अध्यक्ष प्रवलजंग पाण्डे, सञ्चालकहरु प्रकाशचन्द्र मैनाली, दिग्विजय विष्ट, अनिल ज्ञवाली, डा. विनोद आत्रेय, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी

अर्का सञ्चालक डा. राजेन्द्र पण्डित, केन्द्रीय बैंकका पूर्व अधिकारी हुन् । २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका पण्डितले पब्लिक पोलिसी र प्रशासनमा विद्यावारिधी गरेका छन् । पण्डितले अमेरिकामा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर काम गरेका पण्डित नेपाल व्यवस्थापन संघ (म्यान) को प्रथम उपाध्यक्षको रूपमा समेत काम गरेका छन् । भिर्गिना कमनवेल्थ युनिभर्सिटीमा ग्राजुएट शिक्षण सहायकको रूपमा पाठ्यक्रम संचालन गरेका पण्डितले काठमाडौं विश्वविद्यालयमा अर्थशास्त्रका विभिन्न विषय पढाउँदै आएका छन् ।

बैंकका अर्का सञ्चालक अनिल ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव छ । नेपाल पूर्वाधार विकास बैंक (निप्रmा), ग्लोबल आईएमई बैंक र नबिल बैंकमा सीइओको जिम्मेवारी निभाईसकेका ज्ञवाली सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित छन् । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत छ ।

बैंकका अर्का सञ्चालक दिग्विजय विष्ट २५ वर्षभन्दा बढी समयदेखि पूँजीबजार, वित्तीय क्षेत्र र अन्य व्यवसायमा सक्रिय छन् । मियामी विश्वविद्यालय ओहायो अमेरिकाबाट एमबीए गरेका विष्ट एक कुशल र अनुभवी व्यवसायी हुन् ।

अर्का सञ्चालक समिति सदस्य हीमा देवी खड्का केसीसँग विभिन्न अन्र्तराष्ट्रिय विकास संस्थाहरू यूएनडीपी, आईएलओ, जीआईएक्स, अक्सफाम जीबी लगायत संस्थाहरूमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ ।