अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
घटनापछि धावनमार्ग सफाईकालागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७:४८ बजेसम्म बन्द गरिएको थियो ।
काठमाडौं । टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा चरा ठोक्किएको छ ।
बिहान ६:३६ बजे अवतरणको चरणमा रहेका बेला जहाजमा परेवा ठोक्किएको थियो । घटनापछि जहाजको नोज ल्यान्डिङ गियरमा रहेको लाइटमा सामान्य क्षति देखिएको हो । ल्यान्डिङ गियरमा भने क्षति पुगेको जानकारी छैन । घटनापछि धावनमार्ग सफाईकालागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७:४८ बजेसम्म बन्द गरिएको थियो । जहाजमा ठोक्किएको चराको अवशेष सफा गर्न केही समय लागेकाले विमानस्थलको उडान सञ्चालन प्रभावित भएको थियो ।
उक्त जहाजमा बाहिरिने ७१ जना यात्रु रहेको बताइएको छ ।