सुनको मूल्य तोलामा ३ हजार र चाँदी ४० रुपैयाँले बढ्यो

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

काठमाडौँ । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको दुई लाख ७८ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको पनि बढेको छ ।  आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँमा किनबेच भएको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।