सुन तोलामा ८ सयले बढ्दा चाँदी २५ रुपैयाँले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सयले बढेर दुई लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सयले बढेर दुई लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको २ लाख ८१ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलाको २५ रूपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदी ३ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।