एसियन लाइफका सीईओपछि स्वतन्त्र सञ्चालकले पनि दिए राजीनामा
यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पनि पदबाट राजीनामा दिएका थिए ।
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कार्यव्यस्तताका कारण उनले पद छाड्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिको २९औँ बैठकले कार्कीको राजीनामा २०८३ असोज १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पनि पदबाट राजीनामा दिएका थिए । सञ्चालक समितिको २३३औँ बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ । श्रेष्ठको राजीनामा भने २०८३ कात्तिक १० गतेदेखि लागू हुनेछ ।
यससँगै एसियन लाइफ इन्स्योरेन्समा स्वतन्त्र सञ्चालक र प्रमुख कार्यकारी अधिकृत दुवै पदमा नेतृत्व परिवर्तन हुने भएको छ ।