एनपीएललाई लक्षित गर्दै टेलिकमले ल्यायो ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा
प्याकेजमा ३० दिनको समयावधिका लागि ३३३ मिनेट अल–नेट भ्वाइस कल र दैनिक ८ जीबी डेटा उपलब्ध हुनेछ । टेलिकमका अनुसार यो प्याकेज मंगलबारदेखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै नेपाल टेलिकमले ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन् ।
प्याकेजमा ३० दिनको समयावधिका लागि ३३३ मिनेट अल–नेट भ्वाइस कल र दैनिक ८ जीबी डेटा उपलब्ध हुनेछ । टेलिकमका अनुसार यो प्याकेज मंगलबारदेखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ ।
पोस्टपेड प्रयोगकर्ताले प्याकेजबापतको शुल्क छुट्टै तिर्नुपर्ने छैन । उक्त रकम उनीहरूको मासिक रेन्टल चार्जमै समावेश गरिने कम्पनीले जनाएको छ ।
प्याकेज लिन चाहने ग्राहकले मोबाइलबाट *1415*9# डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सक्नेछन् ।
नेपाल टेलिकम एनपीएल सिजन–३ को आधिकारिक टेलिकम पार्टनरसमेत रहेको कम्पनीका सहप्रवक्ता प्रक्षेप थापा क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।