वरुण हाइड्रोपावर र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन
काठमाण्डौ । दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले मन्जुश्री फाइनान्स लिमिटेड र बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको हो । यी दुई कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै मूल्य समायोजन भएको हो ।
मन्जुश्रीको ७५९.५० रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयर वितरणपछि ७२३.३३ रुपैयाँ समायोजन भएको छ । त्यस्तै, बरुण हाइड्रोको ३३८.९० रुपैयाँको आधारमा ४.७५ प्रतिशत बोनस सेयर वितरणपछि ३२३.५३ रुपैयाँ कायम गरिएको छ । समायोजन गरिएको मूल्यमा बुधबार कारोबार खुल्नेछ ।