सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ ।

काठमाडौं । बुधबार नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ रहेको थियो ।  

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । महासंघका अनुसार आजको लागि चाँदीको भाउ प्रतितोला ३ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ९७० रुपैयाँ थियो ।