परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूतको शिष्टाचार भेट
सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देश बिच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौँ। नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–फ्रान्स बिच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो ।
सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देश बिच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।