एकैदिन ८ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० र चाँदी तीन हजार ८२५ मा कारोबार भएको थियो ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार ३०० र चाँदी १७५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७२ हजार र चाँदीको मूल्य तीन हजार ६५० निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० र चाँदी तीन हजार ८२५ मा कारोबार भएको थियो ।