सुन-चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार तीन सय रूपैयाँले बढेर दुई लाख ७४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार सात सय २० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ बढेको हो ।