एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकीकृत गर्ने नीति लिइएको हो । यसबाट ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउनुका साथै उपभोक्ताको हित संरक्षणमा सहयोग पुग्ने निगमको अपेक्षा छ ।

यसैक्रममा निगमले सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै एकापसमा गाभिने सम्बन्धमा आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

निगमले ग्यास उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउँदै बजारमा आपूर्ति सहज बनाउने र उपभोक्ताले गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।